×

गैँडाकोट । कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको सुख्खा पहिरोले ५ जना मजदुर पुरिएका छन् । करिडोरको बुलिङटार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँमा उनीहरु पुरिएका हुन् ।

भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा सहित उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर विशाल तामाङले जानकारी दिनुभयो । पहिरोमा पुरिएकाहरुको अवस्था अहिलेसम्म अज्ञात नै छ ।प्रहरीका अनुसार ७ जना पुरिएकोहरु मध्ये २ जनाको मा २ जनालाई उद्दार गरी भरतपुरतर्फ ल्याइदैछ ।

तपाईको प्रतिक्रिया