Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटबाट एकैघरका दुईजना दाजुभाई हराएका छन । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल हिजो विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका हुन । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै छोराहरुको खोजीका लागि सबै आपन्तहरुसँग सम्पर्क गरिएपनि पत्ता लगाउन सकिएको छैन ।

परिवारले दाजुभाईको खाजी गरिदिन भन्दै ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको छ । दुवैजना छोराहरु हालसम्म पनि सम्र्पकमा नआउँदा परिवार चिन्तित बनेको छ । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।परिवारले दिएको हुलिया अनुसार दुवै दाजुभाईले हल्का दारी पालेका छन भने विजयको कपाल समेत केहि लामो छ ।

हराएका दाजुुभाईलाई कहिकतै देखे ईलाका प्रहरी कार्यालय गैँडाकोट वा मोवाईल नं. ९८४६१०५१५१ मा खवर गरिदिन परिवारले आग्रह गरेको छ । यसअघि गैँडाकोट वडा नं. २ वाटै हराएका एक युवक र बेल्डीहाबाट हराएका बालकको समेत हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया