चितवन । चितवनमा कोरोना संक्रमित एक पुरूषको आज साँझ मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं १३ निवासी ७३ वर्षका वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी तथा श्वासप्रश्वास समस्या भै कार्तिक २ गते अस्पताल भर्ना भएका उनमा ३ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले वताउनु भयो ।मधुमेहको समेत समस्या रहेका उनको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।