Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या चार हजार ४३ पुगेको छ । जिल्लामा सबैभन्दा बढी संक्रमितको संख्या भरतपुर महानगरपालिकामा रहेको छ । यहाँ कुल संक्रमितको संख्या दुई हजार ७४० पुगेको छ । हाल एक हजार ३८ जना संक्रिय संक्रमित छन् । एक हजार ६७० जना संक्रमित निको भइसकेका छन् ।

यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या ५१३ पुगेको छ । यहाँ १५४ जना संक्रिय संक्रमित छन् भने ३५३ जना निको भइसकेका छन् । त्यस्तै खैरहनी नगरपालिकामा संक्रमितको संख्या २९४ पुगेको छ । यहाँ ११६ जना संक्रमित आइसोलेसनमा छन् भने १७४ जना निको भइसकेका छन् । संक्रमित संख्याको सूचीमा राप्ती नगरपालिका चौथो स्थानमा छ । राप्तीमा २६३ जना संक्रमित छन् । जसमध्ये ९२ जना आइसोलेसनमा छन् भने १६५ जना निको भइसकेका छन् । यसैगरि पाँचौँ नम्बरमा कालिका नगरपालिका रहेको छ । यहाँ संक्रमितको संख्या १२० पुगेको छ भने ४१ जना आइसोलेसनमा छन् । यहाँ ७४ जना निको भइसकेका छन् ।

यस्तै सुरुवाती चरणमा धेरै संक्रमित रहेको माडीमा कुल संक्रमितको संख्या ८५ पुगेको छ । यहाँ हाल १९ जना आइसोलेसनमा छन् भने ६६ जना निको भइसकेका छन् । जिल्लाको एक मात्र इच्छाकामना गाउँपालिकामा संक्रमितको संख्या २८ रहेको छ । हाल ११ जना आइसोलेसनमा छन् भने १७ जना निको भइसकेका छन् ।

चितवनमा हाल एक हजार ४७१ जना संक्रमित आइसोलेसनमा छन् भने २ हजार ५१९ संक्रमित निको भइसकेका छन् ।

मृतकको संख्या ५३ पुग्यो

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५३ पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमितको मृत्यु भएको छ । यहाँ ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै राप्ती नगरपालिका र रत्ननगर नगरपालिकाका ६/६ जना संक्रमितको मृत्यु भएको छ । यस्तै कालिका नगरपालिकाका ५ जना र खैरहनी नगरपालिकाका ४ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया