×

चितवन । चितवनको भरतपुरमा कोरोना संक्रमित एक महिलाको आज दिउसो मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. १० की ६७ वर्षीया महिलाको आज दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो खोकी तथा श्वासप्रस्वासमा समस्या भै कार्तिक ५ गते अस्पताल भर्ना भएकी उनमा कार्तिक ६गते कोरोना पुष्टि भएको थियो ।अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृतक महिला मृर्गौलाको दिर्घ रोगी हुनुका साथै उच्च रक्तचाप र थाइराइड सम्बन्धी समस्या बाट पिडित रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया