×

गैँडाकोट । पूर्वि नवलपरासीमा जुुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. १४ कोटटाँडी स्थित प्रेमलाल महतोको घरमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं १ बस्ने बर्ष २७ का बिनोद सुनार, वडा नं. ८ का बर्ष ३४ का सन्तोष परियार, वडा नं २ का बर्ष ४५ का श्याम श्रेष्ठ वडा नं.१४ का बर्ष ३६ का मिन वहादुर थारु र सोही स्थानका बर्ष ४० का नरेन्द्र महतो रहेका छन ।

पक्राउ परेका उनिहरुको साथबाट एक लाख ६८ हजार २ सय २५ रुपैया बरामद गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया