Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट ।

पूर्वि नवलपरासीको गैँडाकोटमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको बारागढी गाँउपालिका वडा नं. ४ बस्ने अन्दाजी २५, २६वर्षका गौतम चौधरी रहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

चौधरीले चलाएको लु ४३ प ६८९७ नम्बरको मोटरसाईकल  अनियन्त्रीत भै दुर्घटना भएको हो । उनि पूर्ववाट पश्चिम तर्फ जादै थिए । दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा राति पौने ९ वजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतवको शव पोष्ट मार्टमको लागी भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया