Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा ट्रकको ठक्कर बाट आज साँझ एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका वडा नं. १ का ६८ वर्षका कलाधर कंडेल रहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
बृटिसक्याम्प तर्फबाट शिलन्यास तर्फ आउदै गरेको लु १ ख ४५९० नम्बरको ट्रकले विपरीत दिशातर्फ जादै गरेको ठेलालाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएका कडेललाई उपचारको लागी भरतपुर अस्पताल लगिएको केहिबेरमै अस्पतालले मृत घोषणा गरेको थियो । कंडेललाई ठक्करदिने सवारी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया