Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाइ कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको परिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना पुष्टि भएको हो । पंगेनी सहित उहाँको परिवारका अन्य २ जना सदस्यलाई पनि कोरोना संक्रमण भएको छ । उज्यालो खबर सँग कुराकानी गर्दै उहाँले आज साँझ आएको रिपोर्टले पोजेटिभ देखाएको बताउनु भयो ।

चारदिन अघि रजहरको प्राकृतिक चिकित्सालय बाट उहाँले स्वाव दिनुभएको थियो । सुरुमा केहि ज्वरो आएको भएपनि अहिले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको सीडीयो पंगेनीले बताउनु भयो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै उहाँले जिल्लावासी सबैलाई स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया