चितवन । जिल्लामा आज बुधबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ४० वर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा अपरान्ह ४ः२८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।उनी जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार  हुन ।

असोज २३ गते ज्वरो र निमोनिया भएर उनी अस्पताल भर्ना भएका थिए । उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको क्यान्सर रोगको समेत उपचार भइरहेको थियो । कोभिड भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया