Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं। ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको डा गौतमले बताए ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा गौतमले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया