Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ। थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको हो।

तपाईको प्रतिक्रिया