×

बुटवल,कार्तिक ४-

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो । ती महिलामा सुगरको पनि समस्या थियो । योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया