
गैँडाकोट। पूूर्वि नवलपरासीमा नेपाली कांग्रेस सहित विभिन्न पार्टि परित्याग गरि ३०७ जना नेकपा प्रवेश गरेका छन । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. १३ मैनाघाटमा आज आयोजित एक कार्यक्रममा ३०७ जना नेकपामा प्रवेश गरेको राष्टिय युवासंघ नेपाल नवलपुरका संयोजक कृष्ण कंडेलले जानकारी दिए ।
नेकपा १३ नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर खाँडको अध्यक्षता एवंम् नेकपाका यूवा नेता एवम् केन्द्रिय सदस्य तिलक बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य किसन शर्मा गैरे, पार्टि जिल्ला अध्यक्ष रोशन बहादुर गाहा, सचिव मित्रशरण शर्मा, राष्टिय युवासंघ नेपालका नेता किरण पौडेल, जिल्ला संयोजक कृष्ण कडेल लगाएतको उपस्थिति रहेको थियो ।
पार्टि प्रवेश कार्यक्रममा प्रमुख अतिथि महतले नेकपा देश बनाउने अभियानमा लागी परेको भन्दै नवप्रवेशी हरुलाई अनुुसासीत भएर अगाडी बढ्न आग्रह गर्नुभयो । नेता महतले पार्टिमा भएका अन्तरविरोधलाई छलफलको माध्यमबाट टुगांइएको बताउदै अवको कार्यभार भनेकै मुलुक निर्माण मार्फत समृद्धिको यात्रामा अगाडी बढ्ने रहेको बताउनु भयो ।