
गैँडाकोट । पूर्वि नवलपरासीको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा नगरपालिकाका स्वास्थ्य शाखाका ६ जना सहित झण्डै २ दर्जन कर्मचारीहरु छन ।
उज्यालो खबरसँग टेलीफोनमा कुरागर्दै प्रमुख प्रशासकीय अधिकृत सिग्देलले आफु पोजेटिभ देखिएको जानकारी दिनु भयो । विगत केहिदिनअघि देखि नै सुरक्षित रुपमा होम क्वारेन्टिनमा बसेको भन्दै उहाँले आफुमा सामान्य रुघा बाहेक अन्य लक्षण नदेखिएको बताउनु भएको छ ।
पोखराबाट आज प्राप्त रिर्पोट अनुसार देवचुली नगरपालिका कार्यालयका कर्मचारी सहित ५५ जनामा कोरोना संक्रमण भएको हो । नगरपालिका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएपछि केहि दिनका लागी कार्यालय बन्द गरिने भएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाको देवचुली नगरपालिका कोरोनाको हट स्पट बनेको छ ।