
चितवन । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) मा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको शुक्रबार दिउँसो ३ः५५ बजेको समयमा मृत्युु भएको अस्पतालले जनाएको छ । असोज १८ गते मृगौलामा समस्या भइ अस्पताल भर्ना भएका उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।