Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

रुपन्देही । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका वडा नंं ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको डा। गौतमले बताए ।

तपाईको प्रतिक्रिया