Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

बुटवल । नेपाली कांग्रेसले आब्हान गरेको रुपन्देही बन्दको प्रभाब बिहानैदेखि परेको छ । मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका मुख्य मुख्य चोकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेको छ । हिजो बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।रुपन्देहीबाट राजधानी सार्ने  स‌सदमा लगिएको प्रस्ताव तत्काल फिर्ता गर्न कांग्रेसले माग गरेको छ । प्रदर्शनमा  सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए।अन्तर्घाती नेकपा मुर्दावादु, रुपन्देहीलाई नै राजधानी कायम गरु, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गरु,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए।

तपाईको प्रतिक्रिया