गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी गाँउपालिका वडा नं. ५ का १९ वर्षका अमित झेडी रहेका छन ।

झेडीको साथ बाट डाईजापाम ५ एम्पुल, नुफिन ४ एम्पुल, फेनरगन २ एम्पुल, नाईट्राभेट १० लेखेको ४३ ट्याब्लेट, स्पाष्मो प्रोक्सिभोन ८ क्याप्सुल र वनरेक्स लेखेको एउटा वोतल फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहन बहादुर खाँडले बताउनुभयो ।

कावासोती न.पा. वडा नं. १६ तिनघरे चोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पुर्व बाट पश्चिम तर्फ जादै गरेको लु ४ प २२६ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा झेडी लागुऔषध सहित समातिएका हुन । पक्राउ परेका झेडीलाई लागु औषध मुद्धामा जिल्ला अदालत बाट १० दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया