Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया