
काठमाडौं। कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने समुह पक्राउ परेको छ । । ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो । सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।
तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको छ ।‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरिएको बताइएको छ । उनीहरुले १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेको पाइएको छ ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद गरिएको छ । । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको बताइएको छ ।