Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको  शनिबार विहान १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयाे ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया