गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुने सबै पुरुषहरु रहेका छन ।

गैँडाकोट नगरपालिका वडा नं. २ का २ जना पुरुष, वडा नं. १४ का २ जना पुरुष र वडा नं. ३, ४, ५, ६र ८ का एक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनिहरु सबै समुदायका व्यक्ति हुन ।

तपाईको प्रतिक्रिया