गैँडाकोट । अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ बुटवल सडक खण्ड विहानै देखि अवरुद्ध भएको छ ।
पूर्वि नवलपरासीको विनयीत्रिवेणी गाँउपालिका क्षेत्रमा पर्ने दाउन्ने पहाडमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
कार्यालयको सञ्चार शाखाले उज्यालोलाई दिएको जानकारी अनुसार दाउन्नेका विभिन्न ४ ठाँउमा पहिरो खसेको छ । लगातार वर्षा भैरहेकोले सडक खुलाउन केहि घण्टा अझै लाग्ने प्रहरीको अनुमान छ ।
सडक अवरुद्ध भएपछि गएरातिदेखि सवारी साधन पूर्णरुपमा अवरुद्ध भएका छन । पहिरो हटाएर सडक खुलाउन पहल भैरहेको प्रहरीको भनाई छ ।