Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा बुधबार विहान आफ्नै घरमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । घर मर्मत गरिरहेको बेला घरको तेस्रो तल्लाबाट खसेर गैडाकोट ५ भवानी मार्ग निवासी ५१ बर्षीय त्रलोक्यनाथ खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

विहान ७ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका खरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बुधबार १०ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया