×

नवलपुर । पूर्वि नवलपरासीको सदरमुुकाम कावासोतीमा रहेको एक सरकारी विद्यालयले विद्यालयको नियमित पढाई सुरु गरेको छ । कोरोना भाईरसका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालवालिकाहरुको पठनपाठनमा असर परेको भन्दै जिल्लाको शान्ति निकुञ्ज माध्यामिक विद्यालयले पढाई सञ्चालन गरेको हो ।
विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले समाजिक दुरी कायम गर्दै स्वास्थ्यको पूर्ण पालना गर्दै विद्यालय सञ्चालनमा ल्याइएको उज्यालो लाई बताउनुभयो । कक्षा ६देखि १२ कक्षा सम्म पठनपाठन हुने विद्यालयमा हाललाई हरेक दिन तीनवटा कक्षा सञ्चालनमा ल्याइएको छ ।
प्रधानाध्यापक न्यौपानेले विद्यालय प्रवेश गर्दा गेटबाटनै शिक्षक तथा विद्यार्थीहरुले साबुन पानीले अनिवार्य हात धोएर प्रवेश गर्ने नियम बनाइएको बताउनुभयो । विद्यालयमा आउँदा सवैले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने उहाँले बताउनु भयाे ।
विद्यालयले एउटा कक्षामा बढिमा २५ जना विद्यार्थी र वेन्चमा २ जना विद्यार्थी मात्रै राखेर पढाई सुचारु गरिएको दावी गरेको छ ।
यता कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुुख राजन पाण्डेले क्रमशः विद्यालय सञ्चालनमा ल्याउनका लागी नगरपालिकाले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । कतिपय विद्यालयमा क्‍वारेन्टिन  निर्माण गरिएको थियो क्‍वारेन्टिन निर्माण भएका विद्यालयहरुलाई तत्काल खाली गरि सेनेटाईज गरि सञ्चालनको तयारी भैरहेको उहाँले जानकारी दिनभयाे ।
शिक्षा शाखा प्रमुुख पाण्डेले विद्यालयको भौतिक संरचना र विद्यार्थीको संख्याको आधारमा पूर्ण सचेत रँहदै विद्यालय सञ्चालन गर्ने तयारीमा आफुहरु रहेको प्रतिकृया दिनुभयो ।

तपाईको प्रतिक्रिया