Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नजिकिँदै गरेको महान चाड विजया दशमीलाई लक्षित गरेर गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा दसैँ गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस्ले आकर्षक भिडियोसहित गीत सार्वजनिक गरेको हो । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।

विदेशमा रहेका युवा दसैँमा घर आउन नपाउँदा उसले र उसको परिवारले महसुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । विष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुनुहुन्छ ।

https://www.youtube.com/watch?v=UyEu6g-s8eY

 

 

तपाईको प्रतिक्रिया