
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँका अनुसार बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी समेत गरेको स्रोतले जनाएको छ ।
सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै रिक्त उक्त पद र प्राधिकरणका कार्यकारी निर्देशकमा आजकै बैठक नियुक्ति गर्नेछ ।
सरकारको प्रवक्ता र अर्थमन्त्रीको जिम्मा ओलीकै पकडका खास मान्छेले पाउने भएता पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोहोरिन सक्ने संभावना पनि रहेको बताइन्छ ।