×

भरतपुर । मलको कालोबजारी गरेको आरोपमा चितवनको रत्ननगरमा रहेको निर्मल बहुउदेश्यीय सहकारी संस्था बिरुद्ध मुद्धा दर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार सहकारीमा आबद्ध चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्नेहरुमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरे रहेका छन । कालोबजारीका बिषयमा थप अनुसन्धान भइरहेको प्रजिअ भट्टराइले बताए । सो सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० किनेर १२ सय ५० मा विक्री गरेको आरोप लागेको छ ।
“यो समयमा देशभर मलको अभाव छ,उनले भने,यस्तो अभावको समयमा पनि केही सहकारीले अस्वाभाविक मूल्यमा बेच्ने गरेको पाइएको छ ।” भट्टराइले मलमा कालोबजारी गर्नेलाई कारवाही गरेरै छाड्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया