Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा ३४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो रिपोर्ट अनुसार देवचुली नगरपालिकाका वडा नम्बर ४,७,८,९,१०,११ र १४ मा गरी ३४ जनामा कोरोना पुष्टि हो ।
थपिएका संक्रमितमा वडा नं ४ का १ जना पुरुष , वडा नं ७ का ४ जना पुरुष , वडा नं ८ का ९ जना पुरुष , वडा नं ९ का ५ जना पुरुष , वडा नं १० मा १ महिला, वडा नं ११ का १ पुरुष , वडा नं १४ का ४ पुरुष र ३ महिला रहेको बताईएको छ ।
संक्रमण पुष्टि हुनेमा नगरपालिकामा कार्यरत ३ पुरुष र ३ महिला कर्मचारी पनि रहेका छन । नवलपुरमै अहिलेसम्म एउटै पालिकामा संकलित स्वाव नमूना परिक्षण हुँदा कोरोना पोजेटिभ देखिएको यो अहिलेसम्मकै उच्च संख्या पनि हो ।

तपाईको प्रतिक्रिया