×

गैँडाकोट । लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका लिलिले हामी खाना खुुवाँउछौ अभियान अन्र्तगत आज गैँडाकोटमा खाद्यान्न वितरण गरेको छ । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. २ मा सो अभियान अन्र्तगत दृष्टि विहिनहरुलाई खाद्यान्न समाग्री वितरण गरिएको हो ।

समाजिक उत्तरदायित्व अन्र्तगत ६ घरपरिवारका सदस्यहरुलाई चामल, दाल, चिउरा, तेल, सोयाविन लगायतका खाद्य सामाग्री वितरण गरिएको लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका लिलिका फस्ट भिपी भूमा पूनले बताउनु भयो ।
रिजन चेयर पर्सन नवराज कडेलको प्रमुख आतिथ्यता एवंम् संस्थाका अध्यक्ष लक्ष्मी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन भोजकुमारी रिमाल, वडा नं. २ का अध्यक्ष धुव्रराम पौडेल, लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका लिलिका फस्ट भिपी भूमा थापा पुन लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया