×

गैँडाकोट । पूर्वि नवलपरासीमा थप १० जनामा कोरोना पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका ९ जना र कावासोती नगरपालिकाका १ जना गरि १० जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

पोखराबाट केहिबेरअघि प्राप्त रिर्पोटमा गैडाकोट नगरपालिकाका ९ र कावासोती नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको कार्यालयका प्रमुख केशव चापागाईले बताउनु भयो ।गैंडाकोट नगरपालिका वडा नं. ८ का ५४ र ८६ बर्षिय पुरुष, त्यसैगरी वडा नं. ८ कै ८२ र ६५ बर्षिय महिला, त्यस्तै वडा नं. ५ का ३० र २८ बर्षिय महिला, वडा नं. ११ का ३८ बर्षिय पुरुष, वडा नं. ४ का २५ बर्षिय पुरुष र वडा नं. १० का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कावासोती नगरपालिका वडा नं. १६ का ४४ बर्षका पुरुषमा काेराेना पुष्टि भएकाे छ ।  यो सँगै नवलपुरमा कोरोना संक्रमितको संख्या १८० पुगेको छ ।

तपाईको प्रतिक्रिया