Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । नवलपरासी पूर्वको मध्यविन्दु जिल्ला अस्पतालका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हिजो बुधवार प्राप्त रिपोर्ट अनुशार जिल्ला अस्पतालका एक महिला स्वास्थ्यकर्मी र महिला कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा कावासोती १७ कि ३६ वर्षिय स्वास्थ्यकर्मी र कावासोती १६ कि ३४ वर्षिय कार्यालय सहयोगी रहेका छन् । दुवैजनाको अहिले जिल्ला अस्पतालको आईशोलेसनमा उपचार भैरहेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर शिवराज न्यौपानेले बताउनुभयो ।
जिल्ला अस्पताललाई बुधवार राति नै निर्मलिकरण गरि अत्यावश्यक सेवालाई निरन्तरता दिईएको, ओपिडी र ज्वोरो क्लिनिक सेवा अस्पतालको भवन बाहिर चौतारीबाट सञ्चालन गरिएको डाक्टर न्यौपानेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया