
गैँडाकोट । पुर्वि नवलपरासीमा २ वर्षीय बालक सहित थप ५ जनामा कोरोना संक्रमण भएको छ । पोखराबाट आज साँझ आएको रिर्पोटमा पाँचजनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
कावासोती नगरपालिका वडा नं. ८, १६ र १७ का ४ जना र देवचुली नगरपालिका वडा नं. १६ का एकजनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाँईले बताउनुभयो । संक्रमण पुष्टि भएका सबै समुदायका व्यक्तिहरु रहेको बताइएको छ ।