प्रिय आमाबुबा, दाजुभाई , दिदिवहिनिहरु ,
यतिबेला विश्व नै कारोना भाईरसको महामारिबाट आक्रान्त भईरहेको र यसले नेपालमा पनि महामारि मच्चाईरहेको सन्दर्भमा र कुनै न कुनै रुपमा आम मानिसहरुमा एक प्रकारको भय रहेको अवस्था छ । म आफै पनि यसको सिकार भएको र यस पछि मैले सुरुवातमा जे अनुभूति गरेको थिए र अहिले जे अनुभुति गरिरहेको छु , त्यस बारेमा विभिन्न स्थानमा बस्नु भएका सबै आम जनसमुदाय समक्ष आफ्ना अनुभुतिहरु जस्ताको तस्तै पुर्याउने जमर्काे गरिरहेको छु । नेपालमा कोरोना भाईरसले महामारिको रुप लिईसकेपछि पनि आफ्ना दैनिक कामलाई नछाडि अनबरत रुपमा अगाडि बढ्ने क्रममा मलाई कहाँ बाट संक्रमण भयो अहिलेसम्म यो विषय गर्भ मै छ । तर संक्रमित भईसकेपछि नियमाअनुसार आईसोलेसन आउनु पर्ने कुरा मलाइ अबगतनै थियो । कोभिडको संक्रमण र संक्रमितको संख्याको बारेमा समाचार बनाउने प्रसारण गर्ने र कोभिडबाट आम आम नेपाली आमा बुबा, दाजु भाइ दिदी बहिनिहरुलाई बचाउनका लागि संचारमाध्यम मार्फत प्रसारण गर्ने मेरो नियमित कार्य नै थियो र आफु पनि सुरक्षित नै थिए । त्यस्तै आईसोलेसन का बारेमा र संक्रमितहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकार भएकोले पनि होला संक्रमित भएको समाचार पाएपछि पनि मलाई खासै असर गरेन तर जतिवेला म एम्वुलेन्स चढ्ने तयारि गर्दै थिए , त्यतिबेला बाबा आमा र साना छोराछोरिको मलिन अनुहारले मनै चसक्क भयो र निकै नराम्रो अनुभूति भयो ।
त्यति नै बेला मेरो समुदायका ब्यक्तिले देखाएको सदासयता र हौसलाले मलाई कोरोना सँग जुध्ने र घर फर्कने हौसला भने मिलेको थियो । धेरै कुराहरु मनमा खेलाउँदै रजहरको प्राकृतिक चिकित्सालय जुन नेपालकै उत्कृष्ट कोभिड अस्थाई अस्पतालको रुपमा रहेको छ यहाँ आईपुगे । सायद यहाँका चिकित्सक डा विनोद पौडेल , ब्यपस्थापक हरि सापकोटा , अध्यक्ष सन्त सर लगायत संचालक टिम नै पूर्व परिचित ब्यक्तित्व भएर होला कोरोना सँग लड्नका लागि उच्च आत्मबल प्राप्त हुने कुरामा म ढुक्क थिए । अझ मेरो अर्धाङ्गिनि नै एक हप्ता अगाडि नै संक्रमित भई आएकोले मैले खासै नौलो र असहज अनुभूति हुन पाएन । यहाँ आईसकेपछि कोरोनाबाट संक्रमित हो र ? भन्ने अनुभूति नै छैन ।यहाँ पेशाले ईन्जिनियर, पत्रकार, प्राध्यापक , शिक्षक , ब्यवसायी , किसान , राजनितिक दलका नेता , महिला अधिकार कर्मी लगायत सबै पेसाका मानिसहरुको जमघट भएकोले धेरै विषयहरु सँग परिचित हुने मौका प्राप्त भईरहेको छ । यस अर्थमा बसाई राम्रो छ । तर कहिलेकाहि कोरोना को बारेमा समुदाय स्तरमा भएका कुराहरु सुन्दा निकै असहज महसुस भईरहेकोले त्यसलाई न्युनिकरण गर्न संक्रमितहरुको अनुभुतिहरु लाई जस्ताको तस्तै राख्ने प्रयास स्वरुप नवलपुर लगायत रुपन्देहि र चितवनका रेडियो मार्फत प्रत्यक्ष सुनाउने काम पनि मैले गरेकाले कोरोना र यसका बाारेमा चलाईएको हल्लाले त्रासमा रहेका मानिसहरुलाई केही हद सम्म भएपनि सान्त्वना मिलेको अनुभूति भईरहेको छ । यो सामग्रि तयार पार्दा सम्म हामी सबै स्वस्थ छौ ।
प्रिय आमा बुबा , दाजुभाई र दिदिवहिनिहरु कोरोना संक्रमण जुनसुकै व्यक्तिमा पनि हुन सक्छ । समुदायस्तरमा कोभिड फैलिएकाले संक्रमणबाट बच्न एक मात्र विकल्प सावधानी अपनाउनु हो । संक्रमण पुष्टि भए पछि सामान्य रुघाखोकी , घाँटिमा असहज हुने , टाउको दुख्ने , झाडापखालाको लक्षणहरु देखापर्न सक्छ । तर सबै मा यी सबै लक्षणहरु मानिसहरुमा देखा नपर्ने रहेछ । हामी मध्ये करिब एक दुई प्रतिशतमा मात्रै देखा परेको हामिले थाहा पाएका छौ । तर यो समस्या बढिमा तीन दिन सम्म देखा पर्ने र सामान्य खालका औषधिले ठिक पारेको छ । कुनै कमजोर मानिसहरुमा त जुन सुकै रोगले पनि गलाउन सक्छ भन्ने कुरा त हामिले जानेकै कुरा होईन र ? त्यसैले कमजोर आत्मबल र ईम्युनिटि पावर नभएकाहरुलाई भने यसले मात्रै नछाड्ने होईन अरु रोगले पनि त गलाउन सक्छ । त्यसैले ईम्युनिटि पावर बढाउने खालका जडिबुटि र खानेकुराहरु खानु पर्दछ । हामिले यहाँ दैनिक रुपमा विहान ५ बजे उठ्ने , सौचालय जाने , बाफ लिने , जलनेति गर्ने , नुन पानिले कुल्ला गर्ने , मह र कागति मिसाएको मन तातो पानी पिउने , गुर्जाे , बेसार , जुवानो, तुलसि , नुन मिसाएको पानी पिउने कार्य गरिरहेका छौ । त्यसपछि बिहान ६ बजे योगा गर्ने र नुवाउने र खाजा नास्ता गर्नु हाम्रो दैनिकि बनेको छ । समय समयमा बाफ लिने , जलनेति गर्ने र जडिबुटि मिसाईएको पानी नै यसको मुख्य उपचार पद्वतिको रुपमा अनुसरण गरिएको छ । हुनत बिश्वमा ८ लाख भन्दा बढि मानिसहरुको ज्यान गईसकेको र २ करोड भन्दा बढि मानिसहरु संक्रमित भएको अवस्थामा कोरोना सानो रोग हो भन्ने कुरा मेरो हाईन तर यसले मानिसहरुको ज्यान गैहाल्छ भन्ने कुरा चाँहि होईनछ भन्ने कुरा भने प्रत्यक्ष अनुभूति भईरहेको छ । न्युनतम सावधानिहरु अपनाउदै मैले माथि उल्लेख गरेका कार्यहरु गर्ने होभने र लक्षण देखापरिहाल्यो भने चिकित्सकको सल्लाह लिने र औषधिहरु खाने होभने यसले ज्यान लिदैन भन्ने कुराका आधारहरु मैले अनुभव गरेको छु । त्यसैले यहाँहरु कोरोना सँग नडराउनुहोला ।उच्च आत्मबल र केही आवश्यक क्रियाकलापहरु जुन हामिले यहाँ बसेर गरिरहेका छौ त्यसलाई अनुसरण गर्नु होला ।यसबाट सजिलै पार पाउन सकिन्छ भन्ने कुरा ब्यक्त गर्न चाहान्छु।
अर्को यहाँ उपचारको क्रममा रहनुभएका मध्ये केहि ब्यक्तिहरुको परिवारलाई समाजिक रुपमा बहिस्कार गर्ने , मनोबैज्ञानिक रुपमा असर पार्ने काम भईरहेको सुन्नमा आएको छ । रोग लाग्नु अपराध होईन , यसले कसैलाई पनि छाड्दैन भन्ने कुरालाई सबैले बुझ्नु पर्छ । त्यसैले जनप्रतिनिधिहरु , समाजका बुद्विजिविहरु , टोलविकास संस्थाका पदाधिकारिहरु , आफुलाई बुज्रुक ठान्नेहरु यहाँहरुको घैटामा घाम लागोस । रोगले आफ्नो अर्काे भन्दैन , ठुलो सानो भन्दैन , नातागोता पनि भन्दैन । त्यसैले म सबै सरोकारवाला पक्ष लाई आग्रह गर्न चाहान्छु कि सामाजिक सहिष्णुता मा हानि हुने खालको कार्यमा सहभागी नहोउँ । सामाजिक सम्बन्धमा खलल ल्याउने कुरामा अगाडि नबढौ । यो पनि बुझ्न जरुरि छ कि कोरोना लागेर निको भईसकेकाको रगत कोरोनाको उपचारमा काम लाग्छ । त्यसैले भोलि तपाईलाई नै पो लाग्छ कि ? त्यतिबेला रगत लिने अवस्थामा के होला एकपटक सोचौ त ।
रजहरको प्राकृतिक चिकित्सालयबाट एच डि पंगेनी