गैँडाकोट । गएरातिको अविरल वर्षाका कारण गैँडाकोटका विभिन्न क्षेत्र डुवानमा परेका छन । अव्यवस्थित सहरीकरणका कारण पानीको निकास नहुँदा अत्याधिक वर्षाहुँदा गैँडाकोटको ४ नं. वडा वढि डुवानमा पर्ने गरेको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर २ को नमस्तेचोक, विशालचोक क्षेत्र डुुवानका कारण प्रभावित देखिएको छ , त्यसैगरी वडा नम्बर २ कै नारायणी रिर्सोटमा पनि पसेको छ । वर्षाका कारण गैँडाकोट वडा नं. २ र ४ छुुट्याउने कालिगण्डकी चोक क्षेत्र डुवानमा परेको छ ।
त्यसैगरी वडा नम्बर ४ को सहजचोक क्षेत्र वर्षातका कारण डुवानमा परेको छ ।त्यसैगरी मुख्यराजमार्ग सँग जोडिएका गैँडाकोट ४ कै कालिगण्डकी एग्रोमार्ट तर्फको क्षेत्रपनि डुवानमा परेको छ भने गैँडाकोट नगरपालिका वडा नम्बर ४ अन्र्तगत पर्ने झपर्दी क्षेत्रका थुप्रै घरहरु डुवानमा परेका छन ।