×

गैँडाकोट । पूूर्वि नवलपरासीको देवचुलीका कोरोना संक्रमित पुरुषको आज साँझ मृत्युु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ मृत्यु भएको हो ।
उहाँको कोभिड १९ निमोनिया संक्रमण लगाएतका कारणले मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो । भदौं १९ गते खोेकी र स्वास्प्रश्वासमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएका उहाँलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया