गैँडाकोट । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा पुर्वि नवलपरासीका थप ४ जनामा कोरोना पुष्टि भएको छ ।
गैँडाकोट नगरपालिकाका ३ जना र कावासोती नगरपालिकाका १ जना गरि थप ४ जनामा कोरोना संक्रमण देखिएको हो ।गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलका अनुसार गैँडाकोट नगरपालिका वडा नं. २ का १ जना र वडा नं. ५ का २ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी कावासोती नगरपालिका वडा न. २ की २३ वर्षिया महिलामा कोरोना पुष्टि भएको कावासोती नगरपालिकाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले बताउनुु भयो ।