
गैँडाकोट । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्राम भित्र कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछी ५ दिनको लागि सिजि फुडस बन्द भएको छ । उद्योगमा कार्यरत ४ जना कर्मचारीमा संक्रमण देखीएपछी चौधरी उद्योगले भाद्र २७ गते सम्मका सिजि फुडस प्रा. ली. बन्द गरेको हो ।
उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले विज्ञप्ति जारी गर्दै सिजि फुडस प्रा. लि. भाद्र २७ सम्म बन्द रहने जानकारी दिनुुभएको छ ।
आज (सोमबार) उद्योगमा देवचुली नगरपालिकाका जनप्रतिनिधि, उद्योगका व्यवस्थापन पक्ष ट्रेड युनियनका पदाधिकारीहरु सहितको बैठकले उद्योग निर्मलिकरण गर्नु पर्ने र उद्योगमा कार्यरत सबै कर्मचारीहरुको स्वाब परिक्षण गरि रिपोर्ट नआउदा सम्मका लागि उद्योग बन्द गर्न सिफारिस गरेको थियो ।