
गैडाकोट। पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नम्बर २, १३, ९, १२,१४ र १६ मा कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमण देखिनेहरुमा देवचुली वडा नम्बर २ का ६ जना वडा नम्बर १३ का ३ जना, वडा नम्बर ९ का २ जना, वडा नम्बर १२, १४ र १६ को एक एक जना रहेका छन् । जसमध्ये पुरुष ११ जना पुरुष र ३ जना महिला रहेका छन् ।
आज थप संक्रमित हुनेहरुमा देवचुली १६ का ३६ वर्षिय पुरुष, देवचुली २ का २५,२८,२६,३० र २० वर्षिय पुरुष रहेका छन् भने २८ वर्षिय महिला रहेकी छन् । देवचुली १२ को २४ वर्षिय पुरुष, देवचुली १३ का १५, १६ वर्षका पुरुष र ४५ वर्षिय महिला रहेकी छन् । त्यस्तै देवचुली ९ को ३८ वर्षिय पुरुष र ३१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देवचुली १४ को ५० वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनकारी दिएको छ । आज मात्रै देवचुली नगरपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सवैलाई सोमबार विहान आईसोलेसनमा लैजाने बताईएको छ ।