काठमाडौं । आगामी असोज महिनामा हुने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युुनियनको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी सुरु गरेको छ । सिहंदरवार स्थित जलतथा उर्जा आयोगको भवनमा कार्यालय स्थापना काम अगाडी बढाइको हो । प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले देशका ७७ वटै जिल्लामा कार्यालय स्थापना र विभागमा ३० वटा कार्यालय स्थपना गर्ने प्रकृया अन्तिम चरणमा पुुगेको बताउनुभयो ।
प्रमुख निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्ला र विभागमा गरि १०७ जना निर्वाचन अधिकृत तोकि सकिएको छ । जिल्ला र विभाग स्तरमा असोज १ गते कार्यालय स्थापना हुनेछन । कार्यालय स्थापना पश्चात मतदाता नमावली संकलन, त्यसउपर दावीविरोध , निर्वातन कार्यक्रम प्रकाशन लगायतका काम सुरुहनेछन । असोज २४ गते हुने आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा देशभरबाट ६० हजार कर्मचारीहरु सहभागी हुनेछन । आधिकारिक टेड युुनियनको निर्वाचन हरेक चार चार वर्षमा हुुने प्रावधान छ ।
नेपाल सरकार मन्त्रीपरिषदले चुनाव गराउने प्रयोजनार्थ पौडेललाई गत साउन ५ गते प्रमुख निर्वाचन अधिकृत तोकि जिम्मेबारी प्रदान गरेको थियो।