×

काठमाडौं । बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनुुभयो ।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।
यी सहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।प्छिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।

तपाईको प्रतिक्रिया