×

गैँडाकोट । नेपाल विद्युत्त प्राधिकरण गैँडाकोट प्रशाखाले विजुलीको भुत्तानीका लागि अनलाईन माध्यमको प्रयोग गर्न सुझाएको छ । जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा हटाएसंगै गैंडाकोट प्रशाखाले पनि (बिद्युत महसुल भुक्तानीका लागी मात्र) काउन्टर खुला गरेको भएपनि कोरोना संक्रमणलाई ध्यान दिदै अनलाईन माध्यमबाट शुल्क तिर्न विशेष आग्रह गरेको छ ।

कार्यालयका प्रमुख सुजन रिजालले सकेसम्म कार्यलयमै पुगेर महशुल भुक्तानी गर्ने ग्रहाकलाई अनिवार्य मास्कको प्रयोग गर्दै भौतिक दुरी कायम गरी महशुल तिर्न आग्रह गर्नुभयो । उँहाले मिटर रिडिङ नभएमा आफैले कार्यालयको सम्पर्क नम्बर ०७८५०१०३६ र ९८४५८१५९६६) फोन गरेर रिडिंग अंक टिपाउन सक्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया