×

गैडाकोट । पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको आज (शनिबार) साँझ चितवनमा  मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।

तपाईको प्रतिक्रिया