गैँडाकोट । पूर्वी नवलपरासीको त्रिवेणीमा शनिबार मात्रै १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ त्रिवेणी क्षेत्रका का १२ जना पुरुष र ७ जना महिला गरी कुल १९ जनामा कारोना पुुष्टि भएको हो ।
पुर्वि नवलपरासीको विनयी त्रिवेणी गाँउपालिकामा समुदायमा सबैभन्दा बढी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।त्यसपछि गैडाकोट र कावासोतीमा समुदायमा बढी संक्रमण देखिएको छ भने मध्यविन्दु र देवचुलीमा पनि समुदायमा संक्रमण शुरु भईसकेको छ ।