×

नवलपुर । वीरगञ्ज र पाल्पामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुुभयो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।

यसैगरी लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिनुुभयो ।

तपाईको प्रतिक्रिया