यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश,नेपालभर फैलन पाँच दिन लाग्ने
काठमाडौं- यो वर्षको मनसुन प्रणाली सोमबार नेपाल प्रवेश गरेको छ । भारतबाट कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । “नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्छ,” मौसमविद् सञ्जीव अधिकारीले भने, “हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भर पर्ने हुन्छ । पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्न सक्छ ।”
यो वर्ष पश्चिमबाट पूर्वतर्फ प...


