×

समाचार

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार
धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए।उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती...

पोखरामा सुपरम्यान जिपलाइन शुरू

पोखरामा सुपरम्यान जिपलाइन शुरू
पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू भएको छ । हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो ९द वल्ड्स स्टिपेस्ट एण्ड ...

पाँचवटा प्रदेशमा ठूलो वर्षा : महाकाली र कर्णाली नदीमा पानीले खतराको तह पार गर्‍यो

पाँचवटा प्रदेशमा ठूलो वर्षा : महाकाली र कर्णाली नदीमा पानीले खतराको तह पार गर्‍यो
काठमाण्डौ – देशका पाँच वटा प्रदेशमा अहिले ठूलो पानी परेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो । लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ । डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्यु...

१ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको

१ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको
काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ सय ४५ जना निको भएका छन् । एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ । यस्तै थप आठ सय ४५ जनासहित संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार सात सय ७६ जना पुगेको छ । ...

टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै
काठमाण्डौ- दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने ग...

भोलिबाट केही दिन मौसम बदली हुने : वर्षा, चट्याङ र हिमपातको सम्भावना

भोलिबाट केही दिन मौसम बदली हुने : वर्षा, चट्याङ र हिमपातको सम्भावना
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो। भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ। धेरैजसो स्थानम...

राष्ट्रपति भण्डारीले आमाको हातबाट लगाइन् दशैंको टीका

राष्ट्रपति भण्डारीले आमाको हातबाट लगाइन् दशैंको टीका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा ...

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा
काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा ट...

आज महाअष्टमी, हनुमानढोकाको दसैँघरमा कालरात्रि पूजा

आज महाअष्टमी, हनुमानढोकाको दसैँघरमा कालरात्रि पूजा
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्...