काँग्रेस नवलपुर १ को कार्यवाहक सभापतिमा युवा नेता गाेपाल सापकोटा
गैंडाकोट । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यवाहक सभापतिको जिम्मेवारी गोपाल सापकोटाले पाउनुभएको छ ।प्रतिनिधि सभा क्षेत्र नम्बर १ को का सभापति अमृत भट्टचन एन आर एन अमेरिकाको ११ औं वार्षिक साधारणसभामा जानुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी सापकोटालाइ दिइएको क्षेत्रीय सभापति भट्टचनद्वारा जारी गरिएको विज्ञेप्तिमा भनिएको छ ।
सभापति भट्ट्चनले आफु नआउदा सम्म क्षेत्रको दैनिक कामकाज नेपाली काँग्रेसको विधान बमोजिम गर्न आग्रह गर्दै जिम्मेवारी दिनुभएको हो ...


