फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।
यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ । ‘जनतामा आधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा कस्तो ढाँचाबाट व्यवस्थित गर्न सकिन्छ भनेर छलफल ग...


